सन्धिखर्कको च्याउ फर्ममा आगलागी हुँदा आठ लाखको क्षति

अर्जुन भुसाल 



सन्धिखर्क, अर्घाखाँची चैत्र १७ । सदरमुकाम सन्धिखर्क-९ सोँठेमा इन्द्रबहादुर गेलाङ्ग मगरले सञ्चालन गरेको च्याउ फर्ममा आगलागी हुँदा करिव आठ लाख बराबरको क्षति भएको छ । नजिकै रहेको विद्युतको तारबाट विद्युत सर्ट भएर आगलागि भएको खेतमा काम गर्दै गरेकी  प्रत्यक्षदर्शी जुना नेपालीले बताइन ।

 



 नष्ट भएको च्याउ फर्म देखाउँदै इन्द्र गोलाङ्ग मगर

 

आगलागीबाट करिव एक हजार च्याउका पोका जलेर नष्ट भएको पिडित गेलाङ्गले बताए । तिनओटा टनेलमा राखेको सबै च्याउका पोका जलेर नष्ट भएका छन् । यस समयमा च्याउको सिजन पर्ने भएको धेरै च्याउ राखेको उनले बताए । करिव आठ लाखको क्षति भयो गेलाङ्गले भने, अहिले धेरै लगानी  गरेर राखेको थिएँ । उनले गत वर्षबाट व्यवसायीक रुपमा च्याउ खेती गर्न शुरु गरेका थिए । उनले एक बर्षमा करिव पाँच लाखको आम्दानी गरिसकेको बताए ।

 



 

अहिले छ-सात लाख आम्दानी गर्ने सोँच थियो निरास हुँदै उनले  भने, एक्कासी के भयो, भयो । राष्ट्रिय जनमुक्ति पार्टीका सहसचिव समेत रहेका गेलाङ्गले राजनीति गर्दै कृषि पेशालाई अबलम्वन गरेका हुन । उनले आगलागीबाट सबै च्याउ नष्ट भए पनि फेरी पनि खेती गर्ने बताए । सकियो भनेर हतोत्साहित हुँदैन, फेरी लगानी गरेर खेती गर्छु उनले भने  । आगो स्थानिय बासिन्दा, चन्दननाथ गण, र प्रहरीले करिव एक घण्टा लगाएर नियन्त्रणमा लिएका थिए ।   

 


नष्ट भएको च्याउ फर्म देखाउँदै इन्द्र गोलाङ्ग मगर

 

 

अन्य समाचारहरु