चैत्र १७ । युक्रेनको स्वायत्त क्षेत्र क्राइमियालाई आफ्नो भू-भागमा गाभेपछि रुसी प्रधामन्त्री दिमित्री मेदभेदेभ पहिलो पटक क्राइमिया पुगेका छन् । मन्त्रीहरुको टोलीसहित क्राइमिया पुगेका मेदभेदेभले रुसमा आबद्ध क्राइमियाका कसैले केही पनि गुमाउनु नपर्ने बताए ।
उनले क्राइमियामा व्यापारिक कारोबार बढाउँदै विशेष आर्थिक क्षेत्र बनाइने घोषणा गरे ।
रुसी प्रधानमन्त्रीले क्राइमियामा विकसित घटनाक्रमलाई राज्यको प्राथमिकताका रुपमा समेत व्याख्या गरेका छन् । रुस सरकारले क्राइमिया र त्यहाँको मुख्य सहर सेभास्तोपोललाई हेर्ने छुट्टै नयाँ मन्त्रालय बनाउने जनाएको छ ।
यस्तै, क्राइमियालीलाई स्वास्थ्य विमा र रुसी शैक्षिण गुणस्तरसरहको शिक्षा लागू गर्ने घोषणा गरेको छ । (एजेन्सी)