विद्युतको अभावमा मुलुककै जेठो उद्योग विराटनगरस्थित जुट मिल बन्द हुने अवस्थामा

विराटनगर, चैत्र १८ । विद्युतको अभावमा मुलुककै जेठो उद्योग विराटनगरस्थित जुट मिल बन्द हुने अवस्थामा पुगेको छ । सरकारी स्वामित्वमा रहेको जुट मिलमा आवश्यक विद्युत आपूर्ति हुन नसक्दा उद्योग बन्दको अवस्थामा पुगेको हो ।
नेपाल विद्युत प्राधिकरणको तालिका अनुसार दैनिक १४ घण्टा विद्युत पाउनुपर्ने भएपनि दैनिक चार-पाँच घण्टा अघोषित विद्युत आपूर्ति कटौती हुने गरेकाले उद्योग बन्दको अवस्थामा पुगेको महाप्रबन्धक श्याम पौडेलले जानकारी दिए ।
भारतको कम्पनी विनसम इन्टरनेसनलले वार्षिक १ करोड ३५ लाख सरकारलार्ई बुझाउने सर्तसहित विगत लामो समयदेखि बन्दको अवस्थामा रहेको उद्योग १ वर्षदेखि सञ्चालनमा आएको थियो ।
विराटगनर २० स्थित रानीमा रहेको सो उद्योगले अहिले दैनिक १५ टन जुट जन्य सामाग्री उत्पादन गर्दै आएको छ भने उद्योगमा ७ सय बढी मजदुर कार्यरत छन् । IMAGEKHABAR