काठमाडौं, चैत्र १८ । पूर्व प्रधानमन्त्री एंव सभासद माधवकुमार नेपालले प्रधानमन्त्री सुशील कोइरालालाई भेटी आफ्नो क्षेत्रको विकास योजनाबारे १० बुँदे ज्ञापनपत्र बुझाएका छन् । नेपालले आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटी ज्ञापनपत्र बुझाएका हुन् ।
नेता नेपालले मनमोहन राजमार्ग अन्तर्गतको जोरपाटी, साँखु, लप्सीफेदी, फट्केश्वर, बलेफी सडक निमार्णलाई प्राथकितामा राख्न आग्रह गरेका छन् ।
त्यसैगरी, उनले नाङ्ले पटाप, धारापानी, सिपाजी, कण्डेश्वर, पेप्सीकोला, ब्रम्ह्खेल सडक, मूलपानीतिवारी टोलदेखि चाँगुनारायण, तेलकोट नगरकोट, इन्द्रायणी, बज्रयोगिनी, चिसापानीसम्मको सडक निमार्णलाई आगामी बजेटमा राख्न प्रधानमन्त्रीसँग आग्रह गरेका हुन् ।
प्रधानमन्त्री कोइरालाले भने सरकारले विकास निमार्णका योजनालाई प्रथामिकतामा राखेको भन्दै प्रस्तावित योजनाको अध्ययन गरी काम अगाडि बढाउने आश्वासन दिएका थिए । IMAGEKHABAR