युक्रेनसंगको सीमाबाट रुसले आफ्ना सैनिक फिर्ता गरेको कुरा पुष्टि गर्न नसक्ने नेटोभनाइ भनाइ

उत्तर एट्लान्टिक सन्धि संगठन नेटोका प्रमुखले युक्रेनसंगको सीमाबाट रुसले आफ्ना सैनिक फिर्ता गरेको कुरा पुष्टि गर्न सक्ने अवस्थामा आफू नरहेको बताएका छन्।
रुसी राष्ट्रपतिले जर्मन चान्सलरसंग गरेको टेलिफोन संवादका क्रममा आफ्ना सैनिकको आंशिक फिर्तीका लागि आदेश दिएको भन्ने विवरण सार्वजनिक भएको एक दिनपछि उक्त सैन्य गठवन्धनका प्रमुखको त्यस्तो भनाइ आएको छ।
युक्रेनलाई लिएर नेटोको सक्रियता बढेसंगै रुस र पश्चिमा शक्तिबीच चिसिएको सम्बन्ध थप बिग्रन सक्ने आंशकाहरु पनि व्यक्त भएका छन्।
नेटोका महासचिव एन्डर्स फो रयासमुसनले चेतावनीपूर्ण शैलीमा क्राइमिया गाभ्ने रुसको कदमपछि उसंगको सम्बन्ध पहिलेको जस्तो सामान्य ढंगले चल्न नसक्ने बताए।
क्राइमिया घटनापछि पहिलोपटक ब्रसेल्ससमा बस्न लागेको २८ सदस्यीय नेटोका विदेशमन्त्रीहरुको बैठकअघि उनी बोल्दै थिए। रुसको उक्त कदमले नेटोसंगको उसको साझेदारी सिद्धान्तमा धक्का पुगेको पनि उनले टिप्पणी गरे।
उनले भने,