चैत्र १९ । श्रीलंका सरकारले १६ वटा तमिल संगठनमाथि प्रतिबन्ध लगाएको छ । विदेशस्थित ती संगठनलाई श्रीलंकाले आतंकवादीको आरोपसमेत लगाएको छ ।
यी १६ संगठनमा तमिल टाइगर्स पनि रहेको छ । तमिल टाइगर्स त्यही संगठन हो जसका कारण श्रीलंका सरकारले लामो समयसम्म गृहयुद्ध ब्यहोर्नु परेको थियो ।
प्रतिबन्धित समूहसँग कुनैखाले सम्बन्ध नराख्न सरकारले श्रीलंकाली नागरिकलाई चेतावनी दिएको छ । सरकारले प्रतिबन्ध लगाएका संस्थाको सूचीमा हिंसामाथि विश्वास नगर्ने संस्था पनि छन् ।
प्रतिबन्ध लगाइएका समूहहरु बेलायत, क्यानडा र नर्वेबाट सञ्चालित छन् । (एजेन्सी)