नाइजेरियामा आत्मघाती विस्फोटमा २१ जना मारिए

चैत्र १९ । नाइजेरियामा आत्मघाती विस्फोटमा २१ जना मारिएका छन् । उत्तर पूर्वी नाइजेरियाको माइदुगुरी सुरक्षा चेकपोष्टमा रहेको सवारी साधनलाई लक्षित गरी आत्मघाती विस्फोट गराइएको नाइजेरियाले जनाएको छ ।
विस्फोटमा मारिनेमा १५ जना सर्वसाधारण र ६ जना आतंकवादी छन् । नाइजेरियास्थित मानवअधिकार आयोगले यो वर्षमात्रै नाइजेरियामा आतंकवादी समूह बोको हरामको आक्रमणमा १५ सय व्यक्ति मारिएको जनाएको भोलिपल्टै यो आत्मघाती विस्फोट गराइएको हो ।
नाइेजेरियामा जारी संघर्षका कारण २ लाख ५० हजार सर्वसाधारण अन्यत्र पलायन भएका छन् । (एजेन्सी)