ल्याटिन अमेरिकीमुलुक चिलीको उत्तरी क्षेत्रमा भूकम्प जाँदा ६ जनाको मृत्यु

चैत्र १९ । ल्याटिन अमेरिकीमुलुक चिलीको उत्तरी क्षेत्रमा आठ दशमलव दुई म्याग्नेच्यूड क्षमताको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको छ । भूकम्पका कारण पहिरो गएको छ भने राजमार्गहरु भासिएका छन् । बिजुली आपूर्ति पनि बन्द भएको छ ।
विमानस्थलको धावन मार्गमा क्षति पुगेपछि विमानका उडानहरु पनि रद्द गरिएका छन् । प्रशान्त महासागरको तटीय क्षेत्रमा अवस्थित ल्याटिन अमेरिकीमुलुकहरुमा सुनामी आउनेसक्ने चेतावनी दिइएको छ ।
सुनामीको उच्च जोखिममा इक्वेडर, पेरु, कोलम्बिया, पानमा, कोस्टारिका र निकारागुवा रहेका छन् । भूकम्पको धक्काको कारण चिलीको समुन्द्री क्षेत्रमा ६ फिटसम्मको उछाल आएको बताइएको छ ।
अमेरिकी भौगर्भिक अनुसन्धान केन्द्रका अनुसार भूकम्प समुन्द्री सतहभन्दा १० किलोमिटर मात्र तल केन्द्रविन्दू बनाएर गएको छ । चिलीको खानी क्षेत्र मानिने इक्वीक्यू भन्दा ८६ किलोमिटर उत्तर