चलचित्र निर्देशक तथा पटकथा लेखक घिमिरे भोट माग्दै सन्धिखर्कमा

प्रेमनारायण आचार्य



सन्धिखर्क, अर्घाखाँची १९ चैत । झन्डै १५ बर्षदेखी चलचित्र क्षेत्रमा सक्रिय, चलचित्र निर्देशक तथा पटकथा लेखक बाबुराम घिमिरे यतिबेला भोट माग्दै सन्धिखर्क आई पुगेका छन् ।



     राष्ट्रिय चलचित्र पुरस्कार २०७० मा उत्कृष्ट पटकथा लेखकको मनोनयनमा परेपछि घिमिरे भोट माग्दै सन्धिखर्क सम्म आइपुगेका हुन् । उनी चलचित्र हाम्री चेली बाट उत्कृष्ट पटकथा लेखनको मनोनयनमा परेका हुन् । चेलिबेटी बेचबिखनको कथामा आधारित चलचित्र हाम्री चेली लाई बाबुराम घिमिरे र मनिष पन्थले निर्देशन गरेका हुन् । घिमिरेले थुप्रै टेलीचलचित्रको लेखन, निर्देशन तथा अभिनय गरिसकेका छन्, साथै उनले भ्रष्टाचार, कुलत, नारी पिडा लगायतका बिषयमा थुप्रै नाटकको लेखन तथा निर्देशन गरिसकेका छन् ।



    कलाकारिता क्षेत्रमा संघर्ष गरिरहेका घिमिरेले आफुलाई एस.एम.एस.बाट  भोट गरि प्रोत्साहन गरिदिन सम्पुर्ण सन्धिखर्क कलापे्रमी तथा जनसमुदायलाई अनुरोध समेत गरेका छन् । यस अघि भोट माग्ने क्रममा बिभिन्न सहरहरुमा पुग्दा सबैले राम्रो सहयोग गरेको स्मरण गर्दै अर्घाखाँची बासीले समेत सहयोग गर्नेमा बिश्वस्त रहेको उनले बताए । 





अन्य समाचारहरु