सर्वोच्चद्धारा डा.बाबुराम भट्टराई र महान्यायिवक्ता मुक्ति प्रधान विरुद्ध परेका हत्या प्रकरण रिट खारेज

काठमाडौं, चैत्र १९ । सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराई र महान्यायिवक्ता मुक्ति प्रधान विरुद्ध परेका रिट खारेज गरेको छ । पत्रकार डेकेन्द्र थापाको हत्या प्रकरण द्धन्द्धकालीन भएको भन्दै कारबाही अघि बढाउन लेखेको पत्र विरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको हो ।
न्यायाधीश रामकुमारप्रसाद साह र ज्ञानेन्द्रबहादुर कार्कीको संयुक्त इजलाशले संक्रमणकालीन न्यायव्यवस्थाको प्रवन्ध भैनसकेको अवस्थामा द्धन्द्धकालीन मुद्दा चलाउन रोक्न आवश्यक नभएको भन्दै आज सर्वोच्चले रिट खारेज गरेको हो ।
सर्वोच्चले द्धन्द्धकालको मुद्दा भए पनि नियमित फौजदारी न्यायप्रणाली अन्तर्गत सुनुवाइ भइ कारबाही हुनसक्ने समेत जनाएको छ । – IMAGECHANNELS