मलेसियाले एमएच ३७० विमान बेपत्ता हुनुको रहस्य सम्भवतः कहिल्यै पत्ता लाग्न नसक्ने चेतावनी

चैत्र १९ । मलेसियाले मलेसिया एअरलाइन्सको एमएच ३७० विमान बेपत्ता हुनुको रहस्य सम्भवतः कहिल्यै पत्ता लाग्न नसक्ने चेतावनी दिएको छ । विगत तीन साता भन्दा बढी समयदेखि हराइरहेको उक्त विमानको खोजीबारे छलफल गर्न मलेसियाका प्रधानमन्त्री नजिव रजाक अष्ट्रेलिया भ्रमणमा लाग्दै गर्दा मलेसियाले यो चेतावनी दिएको हो ।
मलेसियाका प्रहरी प्रमुख खालिद अबु कबारले विमानसँग जोडिएको सम्पूर्ण आपराधिक विषयको अनुसन्धान निरन्तर भइरहने जानकारी दिए । उनले अनुसन्धानको अन्त्यसम्म पनि विमान बेपत्ता हुनुको वास्तविक कारण थाहा नहुनसक्ने बताए ।
यता, पछिल्लो पटक १० वटा सैन्य हवाई जहाज र नौ वटा पानी जहाजले अष्ट्रेलियाको पर्थ सहरबाट दक्षिण पश्चिम हिन्द महासागरमा भइरहेको विमानको खोजीमा बेलायतका नौसेना पनि सामेल भएका छन् ।
गत मार्च ८ मा क्वालालाम्पुरबाट बेइजिङका लागि उडेको उक्त विमानमा १ सय ५३ चिनियाँ यात्रुसहित २ सय ३९ जना सवार थिए । मलेसियाले बेपत्ता विमान दुर्घटनाग्रस्त भएको र विमानमा रहेका कोही पनि जीवित नरहेको बताइसकेको छ । (एजेन्सी)