शोभाखर पन्थी
चैत्र-२० सन्धिखर्क, अर्घाखाँची । सामान्ती पितृ सत्तात्मक सोंच र पुरुषवादी हैकमका कारण महिला पत्रकारहरु अगाडी बढ्न नसकेको भन्दै एक कार्यक्रका सहभागी वक्ताहरुले लैंगिक विभेदको अन्त्य र अधिकार प्राप्तीका निम्ति सम्पुर्ण महिला पत्रकारहर एकजुट भएर अगाडि बढ्नु पर्नेमा जोड दिएका छन् ।
सञ्चारिका समुहद्धारा सन्धिखर्कमा आयोजित महिला पत्रकारहरुको भेलामा मन्तव्य राख्ने वक्ताहरुले परिवार र समुदायमा रहेको प्राचिन रुढीवादी सोंच महिला पत्रकारिताको विकासको निम्ति वाधक रहेको आरोप लगाए ।
कार्यक्रममा मन्तव्य राख्दै पत्रकार महासंघका जिल्ला अध्यक्ष शोभाखर पन्थीले लैंगिक विभेदको अन्त्य नभए सम्म सम्मुनत समाज निर्माण हुन नसक्ने बताउनु भयो । सामाजिक कु संस्कार र महिलामाथी हुने विभेद र महिला हींसाको विरुद्ध कलम चलाउन पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
सञ्चारिका समुह कपिलवस्तुका अध्यक्ष पार्वती पाण्डेको अध्यक्षता र पार्वता श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा पत्रकार महासंघ कपिलवस्तुका पुर्व अध्यक्ष भेषराज पाण्डे, प्रेश युनियनका जिलला सभापति सुर्य प्रसाद भुसाल, प्रेस चौतारीका जिल्ला सहसचिव अर्जुन भुसाल, क्रान्तिकारी पत्रकार संघका जिल्ला अध्यक्ष गणेश खनाल, प्रगतिशिल पत्रकार संघका उपाध्यक्ष विनोद गैरे लगायतका वक्ताहरुले मन्तव्य राख्दै, महिला अधिकार रक्षाको निम्ति कलम चलाउन पत्रकारहरुलाई आग्रह गर्नुभएको थियो ।