पत्रकार महासंघ अर्घाखाँचीले एक वर्षभित्रमा भवन निर्माण गर्ने

शोभाखर पन्थी



चैत्र-२०, सन्धिखर्क, अर्घाखाँची । नेपाल पत्रकार महासंघ अर्घाखाँचीले एक वर्ष भित्रमा जिल्ला शाखाको भवन निर्माण गर्ने निर्णय गरेको छ । महासंघको विहिवार सन्धिखर्कमा सम्पन्न बैठकले एक वर्ष भित्रमा आर्थिक स्रोत जुटाई एक तले पक्कि भवन निर्माण गर्ने योजना बनाएको छ ।



महासंघले भवन निर्माणको लागि आर्थिक सहयोग उपलब्ध गराउन सरकारी तथा गैर सरकारी संघ-संस्था र विभिन्न व्यक्ति विशेषसँग आग्रह गरेको छ । बैठकले महासंघको एक वर्षे कार्ययोजना समेत निर्माण गरेको छ । 



कार्य योजनामा पत्रकारहरुको स्तरउन्नतीको निम्ति तालिम सञ्चालन गर्ने, न्युनतम पारिश्रमिक कडाईका साथ पालना गराउन पहल गर्ने, पत्रकार र संचार गृहका समस्या समाधानमा पहल गर्ने, प्रत्येक महिनाको १५ गते अन्तर सम्वाद सञ्चालन गर्ने, नियमित कार्यालय सञ्चालनको व्यवस्था मिलाउने लगायतका निर्णय गरेको छ । 





अन्य समाचारहरु