चितवन , चैत्र २० – तत्कालिन तरुण दल चितवनका अध्यक्ष शिव पौडेल हत्यामा संलग्न ८ जनालाई चितवन जिल्ला अदालतले जन्मकैदको फैसला भएको छ ।
न्यायाधीश विनोदमोहन आचार्यको एकल इजलासले पौडेल हत्यामा संलग्न सुनिल गुरुङ, सुनिल केसी, शरण गुरुङ, सुरज श्रेष्ठ, फणिन्द्र श्रेष्ठ, दिलबहादुर लामा, सुजेन्द्र राई र अमिर गुरुङलाई जन्मकैदको फैसला सुनाएको हो।
अदालतले प्रकाश तामाङ, अमित लामा, विक्रम लामा, चन्द्रबहादुर थापा, भीमकुमार पाखि्रन, राजकुमार घलानलाई पाँच-पाँच वर्ष कैदको फैसला गरेको छ ।
हत्या आरोपमा पक्राउ २७ मध्ये १३ जनालाई अदालतले सफाई दिएको छ ।
२०५८ साल मंसिर २० गते पौडेलमाथि कारागारभित्रै आक्रमण भएको थियो। उपचार क्रममा केही दिनपछि उनको मृत्यु भएको थियो। ५८ साल भदौ १० मा सञ्जय लामाको हत्या भएपछि पौडेलविरुद्ध उजुरी दायर भएको थियो। सोही हत्या अभियोगमा पौडेल पुर्पक्षका लागि भरतपुर कारगारको थुनामा थिए।
लामाको हत्या हुनुभन्दा दुई वर्षअघि २०६६ साल जेठमा शिवका भाइ गोपीको हत्या भएको थियो। गोपी हत्याको अभियोगमा कारागारमा थुनामा रहेकाहरूले नै शिवमाथि आक्रमण गरेर ज्यानै लिएका थिए। धाराको ह्यान्डिलले टाउकोमा हिर्काउदा गम्भीर घाइते पौडेलको सुरुमा भरतपुरमा र पछि काठमाडौंमा उपचार भएको थियो। उनको पुस २ गते मृत्यु भएको थियो। SETOPATI