मौसममा सुधार आएपछि झण्डै एक महिनादेखि हराइरहेको मलेसिया एअरलाइन्सको विमानको पुनः खोजी

चैत्र २१ । मौसममा सुधार आएपछि झण्डै एक महिनादेखि हराइरहेको मलेसिया एअरलाइन्सको विमानको खोजी पुनः थालिएको छ । मलेसियाली अधिकारीहरुका अनुसार अष्ट्रेलियाको पर्थस्थित हिन्द महासागरमा विमान खोजीका लागि १५ वटा पानीजहाज परिचालन गरिएका छन् ।
अष्ट्रेलियाको पर्थस्थित हिन्द महासागरमा विमानका टुक्रा जस्ता वस्तुको फोटो सेटेलाइटमार्फत सार्वजनिक भएपछि खोजी जारी छ । ८ वटा विमान र १५ वटा पानीजहाज विमान खोजीमा लागेका छन् ।
बेपत्ता परिवारले भने विमानबारे जानकारी नपाउँदासम्म विमानस्थल नछाड्ने भन्दै मलेसियाली र चिनियाँ विमानस्थल छाडेका छैनन् । २ सय ३९ यात्रु बोकेर मलेसियाबाट चीनका लागि उडेको विमान मार्च ८ देखि बेपत्ता छ । (एजेन्सी)