अफगानिस्तानमा राष्ट्रपति चुन्नका लागि मतदान

चैत्र २२ । अफगानिस्तानमा राष्ट्रपति चुन्नका लागि मतदान भएको छ । यो चनावले सन् २००१ देखि सत्तामा रहँदै आएका राष्ट्रपति हमिद कारजाईलाई विस्थापित गर्नेछ ।
अफगानिस्तानको संविधानले तेस्रो कार्यकालका लागि राष्ट्रपति बन्न नपाउने व्यवस्था गरेकाले यसपटक कारजाई प्रतिष्पर्धामा छैनन् । यसपटक पूर्व विदेश मन्त्री अब्दुल्ला अब्दुल्ला, जालमई रसुल र पूर्व अर्थमन्त्री असरफसहित आठ जना चुनावी मैदानमा भएपनि अब्दुल्ला, रसुल र असरफबीच नै मुख्य प्रतिष्पर्धा हुने देखिएको छ ।
तालिवान विद्रोहीले मतदानमा भाग नलिन चेतावनी दिएकाले निकै कम प्रतिशत मत खस्ने अनुमान गरिएको छ । आजको चुनावमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत नल्याएमा बढी मत ल्याउने दुई उम्मेदवारबीच आगामी मे २८ मा अर्को चरणको मतदान हुनेछ । – एजेन्सी