शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची चैत्र २२ । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ अर्घाखाँचीको चौथो साधरण सभा तथा जिल्ला अधिवेसन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
अधिवेसनले डोलराज भण्डारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा मोहनसिंह ठकुरी, महासचिवमा बावुराम पन्थी, सचिवमा बिष्णु प्रसाद बञ्जाडे र कोषाध्यक्षमा खेतुलाल उपाध्याय निर्वाचित हुनु भएको छ ।
यसैगरी सदस्यहरुमा नारायण अधिकारी, गिरी प्रसाद भुसाल, गोविन्द खनाल, तारा श्रेष्ठ, राजु पन्थी, देवि भुसाल, यमकला बञ्जाडे, बसन्तराज पोख्रेल, भुम बहादुर महत, चेतनारायण श्रेष्ठ, खिम प्रसाद खनाल, खोम बहादुर खासु, विक्रम सिंह ठकुरी, नेत्र बहादुर खनाल, थम्मन के .सी. र गोविन्द भुसाल रहनु भएको छ ।
यसैगरी सल्लाहाकारमा लोकमणि चुँदाली, टोपलाल खनाल, ठाकुर सौराग, लालमणि बेल्वासे, अर्जुन भुसाल, चुरामणी घर्ती र सावित्रा ज्ञवाली चयन हुनु भएको छ ।
अधिवेसनको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले होटल व्यवसायीका समस्याप्रति आफु सजक रहेको बताउँदै व्यवसायका माध्यमबाट होटल व्यवसायीले पु