गुजरात, चैत्र २३ आइतवार । भारतको गुजरात राज्यको अहमदाबाद स्थित बसपार्कमा बेहोस अवस्थामा फेला परेका एक अर्घाखाँचीबासी युवकको उपचारका क्रममा मृत्यु भएको छ ।
अर्घाखाँची जिल्ला खाचिकोट- २ भुजुङे निवासी गणेश नेपालीको शंकास्पद मृत्यु भएको हो।
छुट्टी मनाएर फर्कने क्रममा अहमदाबादको एक बसपार्क नजिक सडकमा बेहोस् अवस्थामा भेटिएका उनलाई स्थानिय प्रहरीले उद्दार गरी आकस्मिक कक्षमा केहीबेर राखेपछि सघन उपचार कक्ष -आईसीयूमा उपचारको क्रममा मृत्यु भएको थियो।
अन्दाजी ३७ वर्षिय गणेश २ हप्ताको छुट्टीमा नेपाल आएका थिए । उनका श्रीमती र ४ जना छोराछोरी छन।
वैदेशिक रोजगारीमा गएकामध्ये औसतमा दैनिक ३ कामदारको विदेशमा मृत्यु हुने गरेको नेपाल सरकारको तथ्याङ्क छ ।