संविधानसभा अन्तर्गतको संविधान अभिलेख अध्ययन तथा निर्क्यौल समितिद्धारा आफ्नो कामलाई गति

२०७० चैत्र २३ आइतवार

संविधानसभा अन्तर्गतको संविधान अभिलेख अध्ययन तथा निर्क्यौल समितिले आफ्नो कामलाई गति दिएको छ।
 
संविधानसभाको बैठकले संविधानसभा अन्तर्गत रहने समितिहरुको गठन तथा संविधान निर्माणको कार्यतालिका सार्वजनिक गरेपछि संसद सचिवालय सिंहदरबारमा बसेको समितिको पहिलो बैठकले आफनो कार्य प्रारम्भ गरेको हो।
 
समितिका सचिव रामशरण घिमिरेका अनुसार आजको बैठकले समितिको आन्तरिक कार्यविधि तथा कार्य योजना तयार पार्न सचिवालयलाई निर्देशन दिएको छ।
 
समितिको सभापति चयन भइ नसकेको अबस्थामा नियमावलीको प्रावधान अनुसार समितिका सदस्यहरुमध्येबाट जेष्ठ सदस्य कांग्रेसका सभासद कुलबहादुर गुरुङको अध्यक्षतामा बसेको थियो।
 
संविधानसभाको नियमावली तथा कार्यतालिका अनुसार अभिलेख अध्ययन तथा निक्र्यौल समितिले जेठको दोस्रोसाताभित्र अघिल्लो संविधानसभा अन्र्तगतका विषयगत समितिले तयार पारेका प्रतिवेदनहरुको अध्ययन गरी सहमतिसँगै असहमतिका बुदाँहरु निर्क्यौल गरी तयार पारेको प्रतिबेदन संविधानसभामा पठाउनु पर्नेछ। SETOPATI