चैत्र २४ । युक्रेनमा पूर्वी दुई सहरमा रहेका सुरक्षा निकायका मुख्यालयहरुमा रुस समर्थकले कब्जा गरेका छन् ।
पूर्वी सहरहरु डोनेस्क र लुहानस्कमा रहेका सुरक्षा निकायका मुख्यालय र क्षेत्रीय सरकारी कार्यालयहरु रुस समर्थक प्रदर्शनकारीहरुले कब्जामा लिएको छ ।
रुस समर्थकले सुरक्षा निकायका मुख्यालय कब्जा गरेपछि युक्रेनका कार्यबाहक राष्ट्रपतिले सुरक्षा निकायको आपत्कालीन बैठक बोलाएका छन् ।
एता, क्राइमियामा रुसी सेनाले युक्रेनका एक सैनिक अधिकारीको हत्या गरेको आरोप युक्रेनले लगाएको जनाइएको छ । – एजेन्सी