काठमाडौं, चैत्र २४ । संविधानसभाको संवैधानिक तथा राजनीतिक संवाद सहमतिको सभापति निर्वाचनबाट चयन हुने भएको छ । समितिका वरिष्ठ सदस्य सूर्यबहादुर थापाको अध्यक्षतामा नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा आज बसेको समितिको बैठकले सभापतिको निर्वाचन आगामी चैत्र ३० गते गर्ने निर्णय गरेको हो ।
बैठकमा सदस्यहरुले संविधानसभा बाहिर रहेका दलहरुसँग पनि सहमतिका लागि छलफल गर्नुपर्ने धारणा राखेका थिए ।
संविधासभामा रहेका दलहरुसँग संविधान लेखनमा सहमति जुटाउन प्रमुख दलका शीर्ष नेताहरु सम्मिलित । IMAGEKHABAR