तीन दलहरु बेपत्ता छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग गठनबारे सहमति

काठमाडौं, चैत्र २४ । तीन दलका शीर्ष नेताको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको विधयेक गठनमा सहमति गर्दै मस्यौदालाई अन्तिम रुप दिन कार्यदललाई जिम्मा दिएको छ ।
आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, एमाले र एमाओवादीको बैठकले संविधान र शान्ति सम्झौताको भावना अनुरुप नै विधयेक पेश गर्ने सहमति गर्दै विधयेकलाई अन्तिम रुप दिन कार्यदललाई जिम्मा दिएको हो ।
शान्ति तथा पुर्ननिर्माण मन्त्रालयको कार्यदलले तयार गरेको विधेयकलाई अब तीन दलका नेताको कार्यदलले अन्तिम रुप दिनेछ । IMAGEKHABAR