चैत्र २५ । पाकिस्तानको बलुचिस्तानमा सैनिक कार्वाहीमा ३० जना विद्रोही मारिएको अधिकारीहरुले जनाएका छन् ।
समाचार संस्था एएफपीले भने यो संख्या ४० रहेको जनाएको छ ।
मूठभेड दक्षिणपश्चिम कलात जिल्लामा भएको हो । घटनामा दश जना अर्धसैनिक घाइते भएका छन् ।
विद्रोहीहरुले बलुचिस्तानलाई पाकिस्तानबाट अलग गराउनुपर्ने माग गर्दै आएका छन् । लामो समयदेखि त्यहाँ सशस्त्र संघर्ष चलिरहेको छ । ARGENCIES