भारतको दिल्लीका पूर्व मुख्यमन्त्री तथा आम आदमी पार्टीका केजरीवाललाई थप्पड

चैत्र २५ । भारतको दिल्लीका पूर्व मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवाललाई एक व्यक्तिले थप्पड हानेका छन् । भारतमा जारी लोकसभाको चुनावका दौरान उत्तर पश्चिम सुल्तानपुरी क्षेत्रमा आम आदमी पार्टीले निकालेको सडक र्‍यालीका क्रममा केजरीवाललाई एक अटो चालकले थप्पड हानेका हुन् ।
र्‍यालीका क्रममा आफू नजिक पुगेका केजरीवाललाई माला लगाइदिएपछि ती व्यक्तिले एक्कासी थप्पड हानेका थिए । थप्पड हाने लगत्तै केजरीवालका समर्थकहरुले ती व्यक्तिमाथि आक्रमण गरेका थिए ।
यसक्रममा केजरीवालले भने ती व्यक्तिलाई बचाउन खोजेको देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । केजरीवाललाई थप्पड हान्ने व्यक्तिको नाम लाली रहेको बताइएको छ । उनलाई केजरीवालका समर्थकहरुबाट बचाएर प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनापछि दुःखी बनेका केजरीवालले ट्वीटरमार्फत