विराटनगर, चैत्र २५ । उपप्रधानमन्त्री प्रकाशमान सिंहले दलहरुबीचको सहमतिमा छिट्टै स्थानीय निकाय चुनावको मिति घोषणा गरिने बताएका छन् ।
विराटनगरमा नेपाल प्रेस युनियन मोरङ शाखाको आठौ जिल्ला अधिवेशन उद्घाटन गर्दै मन्त्री सिंहले स्थानीय निकायको चुनावका लागि कार्यविधि संशोधनको प्रक्रिया अघि बढाइसकिएको समेत बताए ।
सरकार चुनावको आन्तरिक तयारीमा जुटिसकेको भन्दै सिंहले अब दलहरुबीच सहमति हुनासाथ देश स्थानीय निकायको चुनावमा होमिने बताए । IMAGEKHABAR