जनकपुर, चैत्र २६ । जनकपुरमा बलराम एण्ड ब्रदर्शका सञ्चालक बलरामप्रसाद गुप्तालाई प्रहरीले ६ किलो सुनसहित पक्राउ गरेको छ ।
महानगरीय प्रहरी अनुसन्धान शाखा काठमाडौंको टोलीको समन्वयमा जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरको शिव चोकस्थित गुप्ताको इलेक्ट्रोनिक पसल नजिकैको घरबाट पक्राउगरि आज सार्वजनिक गरेको हो ।
उनको साथबाट प्रहरीले ३ सय ९० किलो चाँदी र ७३ लाख नगद रुपैयाँ समेत बरामद गरेको जनाइएको छ । IMAGEKHABAR