असुरकोट, अर्घाखाँची – चैत्र २७ बिहीवार। अर्घाखाँची जिल्लाको विकट गाविस भनेर चिनिएको असुरकोट गाविसलाई खोप मुक्त क्षेत्र घोषणा गरिएको छ।
खोप मुक्त क्षेत्र घोषणाका लागी १२ देखी २३ महिना सम्मका बच्चाले नियमित रुपमा खोप लिईरहेकोले खोप मुक्त क्षेत्र घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखॉचीका खोप अधिकृत राम प्रसाद गौतमले जानाकारी दिएका थिए ।
गत चैत्र १८ गते सम्पन्न उक्त खोप मुक्त क्षेत्र घोषणा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक, एलडीओ थलबिर के.सी, डा. कृष्ण हरी सुवेदी, लीला गौतमका साथै राजनीतिक दलबाट बासुदेब आचार्य, राम बहादुर चौहान, प्रेम नारायण गैरे, संचारकर्मी सुर्य भुसालका साथै असुरकोट स्वास्थ्य चौकीका इन्चार्ज सुरेश गैरे लगायतले आ- आफ्नो मन्तव्य राखेका थिए।
यसैगरी गाबिस सचिव हिम बहादुर भाटले सभाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सन्चालन तिलक रानाले गरेका थिए।
साथै उक्त सभामा सयौ स्थानिय बासिन्दाहरुको सहभागीता रहेको थियो।
४२ गाविस रहेको अर्घाखॉचीमा खुल्ला दिशा मुक्त घोषणा र घर भित्रको धुवारहित घोषणा र १८ गते घोषणा हुने खोप मुक्त क्षेत्र घोषणामा पहिलो गाविसको रुपमा आफुलाई उम्भाउन सफल भएको हो। अर्घाखॉचीमा घोषणामा सबै भन्दा धेरै पहिलो हुने गाविस असुरकोट गाविस रहेको छ ।
सकारात्मक कामको लागी सबै क्षेत्रका मानिसको तालमेल राम्रो संग हुने गरेकाले सबै कुरा राम्रो हुदै गएको स्थानीय बसन्ता मगरले बताइन् ।
कम जनसख्या भएकाले पनि सुरुवाती गर्न सजिलो हुने गरेको जनाईएको छ । कडा मेहनत र लगनशिल काम गरेकाले छिट्टै काम गर्न सजिलो भएको ल्थपोष्ट ईन्चार्ज सुरेश गैरेले बताए । जिल्लाका ५ गाविस पनि छिट्टै घोषणा हुने तयारीमा रहेको जिल्ला स्वास्थ्य प्रमुख कृष्णाहरि सुवेदीले जानाकारी दिए ।