ठाडामा एमाले गाउँ कमिटीको बैठक तथा नयाँ सँगठित सदस्यहरुको शपथ ग्रहण कार्यक्रम सम्पन्न

ठाडा, अर्घाखाँची – चैत्र २७ बिहीवार । नेकपा (एमाले) ठाडा गाउँ कमिटीको बैठक तथा नयाँ सँगठित सदस्यहरुको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। 



गाउँ कमिटीका अध्यक्ष ज्योति आचार्यको अध्यक्षता सचिव टक पौडेलको सन्चालन तथा एमाले जिल्ला कमिटी उपसचिव प्रेम नारायण गैरेको प्रमुख अतिथ्यतामा भएको बैठकले पार्टी विस्तार तथा संगठन सुदृढिकरण अभियानको समिक्षा गरेको थियो। 



बैठकले अभियानले पार्टी संगठन सुदृढिकरणमा बलियो बनाएको सबै ठाउँमा कमिटी गठन तथा पुनगठन भएको र जनसंगठनहरु समेत कृयासिल रहेको निष्कर्स निकाल्दै अभियानमा जिल्लाबाट खटिदै आउनु भएका जिल्ला कमिटी उपसचिव प्रेम नारायण गैरे, जिल्ला सदस्य काशी आचार्य, शिवकला बिक, क्षेत्रिय उपाध्यक्ष धन बहादुर राना लगायतका नेताहरु र गाउँका सबै कार्यकर्ताहरुलाई धन्यवाद दिएको थियो। 



कार्यक्रममा उपस्थिती नयाँ पार्टी संगठन सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथी प्रेम नारायण गैरेले पद तथा गोपनियताको सफथगह्रण गराएका थिए ।  

 


 अर्घाखाँची जिल्लाको ठाडा गाविसमा रहेको डम्मरु दह ।

 






अन्य समाचारहरु