चैत्र २७ । मध्य अफ्रिकी गणतन्त्रमा विद्रोहीको आक्रमणमा ३० जना सर्वसाधारण मारिएका छन् । देकोआ सहरमा आक्रमण गरी विद्रोहीले सर्वसाधारणको हत्या गरेका हुन् । घटनामा थुप्रै घाइते भएका छन् ।
मुस्लिम समुदायप्रति लक्षित आक्रमणमा मारिनेमा अधिकांश महिला र बालबालिका रहेका जनाइएको छ । दशकौंदेखि एकछत्र राज गरेका राष्ट्रपति फ्रान्सिस्को बोजीएलाई सन् २०१३ मा अपदस्थ गरी मुस्लिम समुदायका मिचेल डिजोदियाले सत्ता सम्हालेपछि केही समय शान्त रहेको मध्य अफ्रिकी गणतन्त्रमा फेरि हिंसात्मक झडप हुन थालेका हुन् ।
त्यहाँ जातीय दंगाका कारण हालसम्म हजारौं नागरिकले ज्यान गुमाइसकेका छन् । हिंसाकै कारण हजारौ विस्थापित भएका र उनीहरुको जीवन चरम अभावबाट गुज्रिरहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । (एजेन्सी)