अष्ट्रेलियामा भारी वर्षा र ठाउँ-ठाउँमा भूस्खलन, चक्रवर्ती आँधी आइटा आउन सक्ने भन्दै सर्वसाधारणलाई सचेत

चैत्र २८ । अष्ट्रेलियामा चक्रवर्ती आँधी आइटा आउन सक्ने भन्दै सर्वसाधारणलाई सचेत गाराइएको छ । आँधीबाट अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्य बढी प्रभावित हुने भन्दै त्यहाँका जनतालाई सचेत रहन मौसमविदहरुले सल्लाह दिएका छन् ।
केही महिनादेखि जारी भारी वर्षा नरोकिएको र ठाउँ-ठाउँमा भूस्खलन भएकाले आँधी आउने खतरा औंल्याइएको हो । आइटा आँधी अष्ट्रेलियाको केपयोर्क प्रायद्वीपबाट सुरु भइ अष्ट्रेलियाका विभिन्न सहर पुग्ने अनुमान गरिएको छ ।
यो आँधी एक सय ९० किलोमिटरसम्म फैलन सक्ने र यसले ज्वालामुखी पनि विस्फोट हुनसक्ने जनाइएको छ । अष्ट्रेलियामा सन् २०११ मा पनि