शोभाखर पन्थी
चैत्र २८, अर्घा, अर्घाखाँची । अर्घा गाविस स्तरीय सरसफाइ कार्यदलको बैठकले पटक पटक सुरक्षित चर्पी बनाउन आग्रह गर्दा पनि अटेर गरिरहेका घरधुरीका असुरक्षित चर्पीहरु विस्थापन गर्ने निर्णय गरेको छ ।
किमडाँडा – अर्घा गाविस लगायत ।
मंसीर महिना भित्रमा नै गाविसलाई खुल्ला दिसामुक्त अवस्थामा पुरयाउने लक्ष्य राखेर सरसफाइ अभियानमा लागि परेको अर्घा गाविसमा हालसम्म वडा नं ८ खुल्ला दिसामुक्त घोषणा भैसकेको छ भने वडा नं ३ सम्पन्न भएको छ । वडा नं १, ५ र ७ बाहेकका अन्य वडाहरुमा चर्पी निर्माण कार्य केही दिनभित्रमा सम्पन्न हुने संभावना छ । समितिले सर्वदलीय टोली सहित भोलिबाट नै वडा नं ७ बाट अनुगमन शुरु गरि सुरक्षित चर्पी निर्माणका लागि पुनः उत्प्रेरणा जगाउने, आग्रह गर्ने तथा कच्ची चर्पी विस्थापन गर्ने योजना बनाएको छ । दोस्रो पटक यही चैत्र महिनाभित्रमा चर्पी निर्माण सम्पन्न गर्ने लक्ष्य पुरा नहुने भएपछि बैठकले बैशाख १० गते भित्रमा चर्पी निर्माण कार्य सम्पन्न हुने गरि गाविसका सबै परिचालित हुने र बैशाख १५ गते जिल्ला खानेपानी,सरसफाइ तथा स्वच्छता समन्वय समितिमा गुणस्तर अनुगमनका लागि पत्राचार गर्ने जनाएको छ ।
गाविस सचिव एवं भिवाससिसी का अध्यक्ष अरुण कुमार आचार्यको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा गाविसको सरसफाइ रणनैतिक योजनाको अन्तिम मस्यौदा तयार पारी आगामी बैठकमा पेश गर्ने निर्णय समेत गरेको छ ।