बारा, चैत्र २८ । बारामा एक बालिकाको बलात्कारपछि हत्या भएको छ । गत चैत २० गते सिंहासनी गाविस वडा नम्बर ६ की १७ बर्षिया किशोरी सरिताकुमारी महराको आफ्नै पे्रमीले बलात्कारपछि घाँटी थिचेर हत्या गरेको घटना सेलाउन नपाउंदै बारामा फेरि अर्को हत्या भएको हो ।
भारत रक्सौल घर भई हाल बाराको कलैया नगरपालिका वडा नम्बर १० स्थित मामाघरमा बस्दै आएकी १० वर्षकी बालिकाको बलात्कार पछि हत्या भएको प्रहरीले जनाएको छ । हिजो साँझ ६ बजे घरबाट हराएकी बालिकालाई कलैया बरेवा दरबारभित्र रातको १२ बजे अचेत अवस्थामा प्रहरीले फेला पारेको थियो ।
उपचारको क्रममा वीरगञ्ज उपक्षेत्रीय अस्पतालमा बालिकाको मृत्यु भएको हो ।
प्रहरीले घटनामा संलग्न भएको आशंकामा सात जनालाई पक्राउ गरेको छ । हत्याका मुख्य आरोपी स्थानीय अजय साह भने फरार छन् । IMAGEKHABAR