अमेरिकी राष्ट्रपति बाराक ओबामाको आम्दानी घट्यो

चैत्र २९ । अमेरिकी राष्ट्रपति बाराक ओबामाको आम्दानी घटेको छ । ओबामाको किताबको बिक्री घटेपछि सन् २०१३ मा आम्दानी घटेको हो । तर, ओबामाको कर विवरण अनुसार भने उनले पहिला भन्दा बढी कर तिरेका छन् ।
उनले सन् २०१३ मा ४ लाख ८१ हजार डलर भन्दा बढी कमाएका थिए भने सन् २०१२ मा उनको वार्षिक आम्दानी ६ लाख ८१ हजार डलर थियो । सन् २०१३ मा ओबामाले २० प्रतिशत भन्दा बढी कर तिरेका थिए भने अघिल्लो वर्ष १८ प्रतिशत कर तिरेका थिए ।
ओबामा र उनीकी पत्नी मिचेल ओबामाले सन् २०१३ मा विभिन्न धार्मिक संस्थाहरुलाई ५९ हजार २ सय डलर चन्दा दिएका थिए । राष्ट्रपति ओबामाको वार्षिक तलब ४ लाख डलर छ भने अमेरिकी प्रथम महिलाको वार्षिक तलब ९८ हजार १ सय ७६ रहेको छ । 
-एजेन्सी