अर्जुन भुसाल
सन्धिखर्क, अर्घाखाँची २९ चैत । अर्घाखाँची युवा परिषदको आयोजनामा जिल्ला सदरमुकाम सन्धिखर्कको टुडिखेलमा पहिलो पटक भएको राष्ट्रिय स्तरको भलिवल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लवले हात पारेको छ । स्याङ्गजा भलिवल संघलाई आर्मीले ३-० को सोझो सेटमै पराजित ग-यो । यस्तै पाणिनि बहुमुखि क्यामपसलाई ३-१ को अन्तरले पछि पार्दै चन्दननाथ गण म्यालपोखरी प्यारेक सन्धिखर्क अर्घाखाँचीले तेस्रो स्थान हासिल ग-यो । प्रतियोगिताका विजयी टिमलाई प्रमुख जिल्ला अधिकारी सागरमणि पाठले सिल्ड, मेडल र प्रमाणपत्र हस्तान्तरण गरे । प्रतियोगितामा स्याङ्गजाका खेलाडी अनिल के.सी उत्कृष्ट खेलाडी घोषित भए ।
प्रतियोगितामा दशवटा टिमले भाग लिएका छन् । त्रिभुवन आर्मी क्लव, भलिवल संघ स्याङ्गजा, चन्दननाथ गण सन्धिखर्क अर्घाखाँची, बिजौरी युवा क्लव दाङ, पाणिनि वहुमुखि क्यामपस अर्घाखाँची, जिल्ला प्रहरी कार्यालय अर्घाखाँची, नवयुवा क्लव सितापुर अर्घाखाँची, डिभर्ना गाविस अर्घाखाँची, साथी वचत तथा ऋण सहकारी संस्था अर्घाखाँची, हंसपुर गाविस अर्घाखाँचीले प्रगियोगिामा भाग लिएका थिए । प्रतियोगितामा अपेक्षा गरिए अनुसारका राष्ट्रिय स्तरका टिमहरुको सहभागिता नरहेको पाइएको छ ।
भलिबल प्रतियोगीतामा प्रथम हुने टिमलाइ एक लाख रुपैयाँ, द्वितीय हुने टिमलाइ ५० हजार र तृतीय हुने टिमलाइ २५ हजार रुपैयाँ नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।
जिल्लालाई राष्ट्रिय रुपमा परिचित गराइ आन्तरिक पर्यटनमा टेवा पु-याउनुका साथै भलिवल प्रेमी दर्शकहरुलाई भलिवल खेलको भरपुर मनोञ्जन प्रदन गर्ने उद्देश्यले खेलको आयोजना गरिएको आयोजकले बताएको छ ।