काठमाडौं ३० चैत्र – परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७० मा सञ्चालन गरेको एसएलसी परीक्षाको नतिजा असार तेस्रो साता प्रकाशनको तयारी गरिरहेको छ।
परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले यस वर्षको नतिजा त्रुटिरहित प्रकाशन गर्ने लक्ष्य रहेकाले बढी समय लाग्ने बताए। विगतमा परीक्षा नियन्त्रकहरुले छिटो नतिजा प्रकाशन गर्ने होडमा त्रुटि बढ्ने गरेको थियो।
गत वर्ष एसएलसी परीक्षाको नतिजा जेठ अन्तिम साता निस्केको थियो। परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले यस वर्ष त्रुटिरहित नतिजा प्रकाशन गर्न माध्यमिक तहको कक्षा १० मै अध्यापन गराउने विषयगत शिक्षकबाट उत्तरपुस्तिका जाँच गर्न/गराउन निर्देशन जारी गरिसकेको नियन्त्रक द्वारेले बताए।