सन्धिखर्क, अर्घाखाँची चैत्र ३० । नेकपा (एमाले)जिल्ला कमिटी अर्घाखाँचीको पाँचौ पूर्ण बैठक सन्धिखर्कमा सम्पन्न भएको छ।
पुर्ण बठैकमा प्रमुख अतिथी एमाले केन्द्रिय पोलिट्व्युरो सदस्य छबिलाल बिक, केन्द्रिय सदस्य नजिर मिया, केन्द्रिय निर्वाचन आयोग सदस्य बोम बहादुर बिक, राष्ट्रिय प्रतिनिधि परिषद सदस्य नरेन्द्र कुमार क्षेत्री, पवित्र पौडेल, कुत्मादिन अली, लुम्बिनी अञ्चल सदस्य लक्ष्मण रायमाझी, रामजी घिमिरे, केन्द्रिय पार्टी स्कुल बिभाग सदस्य बुद्धी रायमाझी, उद्योग बिभाग सदस्य मुक्ती पाण्डे लगायतको उपस्थिती रहेको थियो।
बैठकले पार्टी विस्तार तथा संगठन सुदृढिकरण अभियानको समिक्षा गरेको थियो। आगामी वैशाख २ गते भित्र पार्टी सदस्य नविकरण गरिसक्ने, वैशाख भित्र पार्टी बिस्तार अभियान चलाऊने, जेष्ठ १० गते महाधिवेशनका लागि प्रतिनिधि चयन गर्ने निर्यण गरेको छ।
बैठकले जिल्ला अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षयतामा बसेको थियो।
साथै २ महिने अभियान अत्यान्तै राम्रो भएको, पाँच हजार जति कमिटी बनेका, दश हजार भन्दा बढी संगठित भएका, सबै गाबिसमा जनसंगठन समेत निर्माण हुनुका साथै अबको स्थानिय निर्वाचनको लागि राम्रो आधार तयार हुँदै गएको निश्कर्ष बैठकले निकालेको छ।
– अर्घाखाँची डट्कम