कृष्णप्रसाद अधिकारी हत्या प्रकरणका आरोपितका परिवारद्धारा एमाओवादी शीर्ष नेताहरुलाई पक्रन सरकारलाई चेतावनी

गोरखा फुजेल-७ का कृष्णप्रसाद अधिकारी हत्या प्रकरणका आरोपितका परिवारले द्वन्द्वको नेतृत्व गरेर हिँडेका तत्कालीन नेकपा (माओवादी)का शीर्ष नेताहरूलाई हिरासतमा लिइनुपर्ने बताएका छन् ।
 
भरतपुरमा सोमबार पत्रकार सम्मेलन गरी उनीहरूले शीर्ष नेतालाई पक्राउ गर्न सरकारलाई चेतावनी दिएका हुन् । आफूहरूमाथि अनुसन्धानको बिल्ला भिराउँदै अन्याय गरेको उनीहरूको भनाइ छ । 
 
नेकपा (माओवादी)का तत्कालीन जिल्ला सेक्रेटरी यमबहादुर परियार र नेता सुदर्शन पौडेल जिल्लामै भएपनि सरकारले नदेखेजस्तै गरी अन्य निर्दाेष व्यक्तिलाई पक्राउ गरेको उनीहरूको आरोप छ ।
 
घटनाका सम्बन्धमा पार्टीले पनि केही नबोलेको भन्दै अहिले राज्य र माओवादी दुवैको चपेटामा आफूहरू परेको २५ दिन हिरासतमा बसेपछि रिहा भएका परशुराम पौडेलले बताए।  
 
सरकारले तत्काल घटनाको सत्यतथ्य छानविन गर्नुपर्ने उनीहरूको माग छ । आफूहरूले न्याय पाउने ठाउँ कतै नपाएको उनीहरूले बताएका छन् । 
 
मानवअधिकारकर्मीले पनि आफूहरूलाई बेवास्ता गरेको बताउँदै उनीहरूले न्याय नपाए सामूहिक आत्मदाह गर्ने चेतावनीसमेत दिएका छन् ।
 
गोरखा फुजेलका कृष्ण अधिकारी हत्या प्रकरणमा सरकारी वकिलको कार्यालयले हिजो जिल्ला अदालत चितवनमा अभियोगपत्र दायर गरेको छ । अभियोगपत्रमा १३ जनालाई सर्वस्वसहित जन्मकैदको माग गरिएको छ । घटनाका सम्बन्धमा अनुसन्धान गरेर प्रहरीले प्रतिवेदन बुझाएपछि जिल्ला न्यायाधिवक्ता एकनारायण लम्सालले हिजो जिल्ला अदालत चितवनमा १३ जनाविरुद्ध अभियोगपत्र दायर गर्नुभएको हो । 
 
जिल्ला प्रहरी कार्यालय चितवनले सोही घटनाका आरोपित फुजेल