– वीरेन्द्र केसी
नेपाल सरकारका मुख्यसचिव लिलामणि पौडेललले खाली नकारात्मक सोचले मात्रै समाज रुपान्तर हुन नसक्ने बताएका छन । उनले सबै खराब छन भन्ने नेता, कर्मचारीले घुस खाए केही पनि भएन, विकास निर्माणका काम भएन भनेर एकले अर्काेलाई आरोप लागउने र नकारात्मक कुरालाई मात्रै लिएर हिडदा राम्रो समाज बन्न नसक्ने बताए ।
अर्घाखाँचीको पुर्वी पोखराथोक आएको बेला रिपोर्र्टर्स क्लव अर्घाखाँची शाखाले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पौडेलले नीति निर्माण तहमा पुगेका जनताका प्रतिनिधिले समेत खाली नकारात्मक कुरा उठाएर मात्रै देश चल्न नसक्ने दावी गरे ।
विदेशीको भरमा विकास निमर्ँणको आशा गरेर हुदैन, उनले भने, आफुले पनि केही गर्नुपर्छ, यो देशमा राम्रो गर्ने मान्छे पनि छन तर उनीहरुलाई काम गर्न दिईदैन् । क्लवका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता र उपाध्यक्ष वीरेन्द्र केसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा पौडेलले नकारात्मक कुरा बोकेर हिडनेले निकास पनि दिनसक्नुपर्ने बताए ।
गल्ती गरेको व्यक्तिलाई आफनो मान्छे छ भने जोगाउने प्रवृति मौलाउदै गएको बताए । उनले प्रशासन र कर्मचारीतन्त्रलाई जनताप्रति उत्तरदायी बनाउन लागि परेको बताउदै नेपालमा भ्रष्टचार बढदै गएको पनि दावी गरे । अहिलेका प्रधानमन्त्री सुशिल कोईरालाले भष्टचार गर्दैनन तर देशमा भष्टचार त भएको छ, उनले भने ।
उनी सोमबार र मंगलवार दुई दिनेदखी अर्घाखाँचीमा छन । लुम्बिनी- सालझण्डी देखी अर्घाखाँचीको पणेना पोखराथोक, खर्ज्याङ हुदै गुल्मीको सदरमुकाम तम्घास सम्म जोडने सडक निर्माणको पुर्वाधारको निरीक्षण गर्न हिडेका छन । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक, स्थानीय विकास अधिकारी हेमराज भुसाल, प्रहरी नायव उपरीक्षक दिपेन्द्र जिसी पौडेल लगायत थिए ।