धनकुटाको विभिन्न सामुदायिक वन क्षेत्रहरुमा लागेको डढेलोले वनका अधिकांश भू-भाग जलेर नष्ट

धनकुटा, वैशाख ३ । धनकुटाको विभिन्न सामुदायिक वन क्षेत्रहरुमा लागेको डढेलोले वनका अधिकांश भू-भाग जलेर नष्ट गरेको छ । डढेलोका कारण वन क्षेत्र नजिक रहेका ६ वटा गाउँ विकास समितिकोे बस्ती समेत उच्च जोखिममा परेका छन् ।


धनकुटाको बेलहारा, ताङ्खुवा, तेलिया, मुगा, पाख्रिबास लगायतका स्थानमा रहेका करिब एक दर्जन सामुदायिक वनमा एक साता यतादेखि डढेला लागिरहेको छ । आगो निभाउने स्रोत-साधनको अभावका कारण आगो नियन्त्रण लिन समस्या भएको जिल्ला वन कार्यालय धनकुटाले जनाएको छ ।


सुख्खायाम भएकाले डढेलोका घटना थप बढ्न सक्ने प्रमुख वन अधिकृत यादव पौडेलले जानकारी दिएका छन् । डढेलोका कारण वनक्षेत्रमा रहेका विभिन्न रुख, बिरुवा, जडिबुटी नष्ट भएका छन् भने बन्यजन्तु प्रभावित बनेका छन् ।


डढेलाकोे धुँवा र हावाहुरीका कारण वन आसपासका बासिन्दा बढी प्रभावित बनेका छन् । IMAGEKHABAR