काठमाडौं – एकीकृत नेकपा माओवादीले व्यवस्थापिका संसद अवरुद्ध पारेका छन्। द्वन्द्वकालका मुद्दालाई अनावश्यकरुपमा उछालेको भन्दै प्रधानमन्त्री सुशील कोइरालाको चर्को आलोचना गर्दै उनीहरुले संसदको गतिविधि बन्द गराएका हुन्।
संसदमा बोल्दै माओवादी नेता बाबुराम भट्टराईले प्रधान न्यायाधीशको नेतृत्त्वको सरकारले नउठाएका विषयलाई कोइराला नेतृत्वको सरकारले उछालेको आरोप लगाए। चितवनमा गिरफ्तार कार्यकर्ता रिहा नभएसम्म संसद चल्न नदिने माओवादीले निर्णय गरेको छ।
भट्टराईले हिजो न्युयोर्क टाइम्समा प्रकाशित सम्पादकीय नेपालको अन्तर्राष्ट्रिय स्तरमा बदनाम गर्ने नियतका साथ प्रकाशित भएको भन्दै कोइराला नेतृत्वको सरकारको आलोचना गरेका थिए। NAGARIKNEWS