वाङ्लामा खुल्ला दिसामुक्त क्षेत्र घोषणा, देउराली डाँडा प्रथम (तस्बिर सहित)

३ बैशाख – वाङ्ला, अर्घाखाँची  । वाङ्ला गाविसको वडा नं ३ र जीवन सुधार प्राथमिक विद्यालयको सेवा क्षेत्रलाई आज खुल्ला दिसामुक्त घोषणा गरिएको छ ।

 


 

वडा स्तरीय खानेपानी,सरसफाइ तथा स्वच्छता समन्वय समितिका संयोजक कमल प्रसाद महत्राको अध्यक्षतामा जीवन सुधार प्रा वि मा आयोजित घोषणा सभाको उदघाटन प्रमुख अतिथि एवं ग्लोबल स्यानिटेसन फण्ड प्रोग्राम । यू एन ह्याबिट्याटका जिल्ला संयोजक विष्णु दवाडीले गर्नु भएको थियो ।
 



 

घोषणा सभामा प्रमुख अतिथि विष्णु दवाडीले खुल्ला दिसामुक्त अभियान मानिसको जीवन, स्वास्थ्य, धन, खुशी, आत्मसम्मान, प्रगती, सहजता, सुख आदिसँग जोडिएको अति आवश्यक अभियान भएको बताउदै ज्ञान भन्दा व्यवहार ठूलो हुने भएकाले सरसफाइ सम्बन्धी ज्ञानलाई सबैले व्यवहारमा उतार्नु पर्नेमा जोड दिनु भएको थियो । सभामा विशिष्ट अथिति गाविस सचिव एवं भिवाससिसिका अध्यक्ष बाल बहादुर जिसी, सहजीकरण गर्ने संस्थाहरु लुम्बिनी सामाजिक विकास केन्द्रका टोली प्रमुख सुरज सारु, इकार्डस् । प्रागका प्रतिनिधी प्रेम नारायण गैरे, नेपाली काँग्रेस गाउँ कमिटीका प्रतिनिधी राम प्रसाद बञ्जाडे, नेकपा एमालेका प्रतिनिधी घनश्याम भुसाल, राजमोका प्रतिनिधी कमल प्रसाद भुसाल, सम्पूर्ण विद्यालयका प्रतिनिधी नारायण आचार्य, समाजसेवी बिनोद आचार्यले बधाई तथा शुभकामना  मन्तब्य ब्यक्त गर्दै सरसफाइमा निरन्तर लाग्नु पर्ने र अन्य वडाबासीले पनि छिटै खुल्ला दिसामुक्त अवस्था हासिल गर्न लागि पर्नु पर्ने बताउनु भएको थियो ।  जीवन सुधार प्राविका व्यवस्थापन समितिका अध्यक्ष नित बहादुर बिसीले स्वागत मन्तब्य र कृष्णा बस्नेतले सरसफाइ कविता बाचन गर्नु भएको थियो । घोषणा सभाको सञ्चालन शिक्षक झबिलाल रायमाझीले गर्नु भएको सो सभामा करिब २०० जनाको उपस्थिती रहेको थियो ।

 



 

घोषणा सभा पूर्व प्रमुख अतिथि र अतिथिहरु सहित समुदायका मानिसहरुले गाउँ गौरव यात्रा गरेका थिए । हाम्रो घरमा चर्पी छ, यसमा हामीलाई गर्व छ । खुल्ला दिसा बाईबाई देउराली डाँडा हाई हाई । खुल्ला दिसामुक्त भो अब हामीलाई ढुक्क भो भन्ने जस्ता नारा लगाउदै प्लेकार्ड, ब्यानर र बाजागाजा सहितको जुलुसले गाउँ परिक्रमा गर्दा लौरी टेकेर सभामा आईपुगेका बृद्धबृदाहरुले समेत अति रोचक मानेको मुहारमा प्रष्टै झल्किन्थ्यो । 



 

७५ घरधुरी र एक विद्यालय रहेको यस वडामा अभियान पूर्व ३९ घरमा मात्र पक्की शौचालय थियो । भाद्र महिना देखि सञ्चालित सरसफाइ अभियानले ढिलै भएपनि सफलता हाशिल गरि गाविसमा पहिलो वडा बनेर इतिहास कायम गरेको छ भने भिवाससिसीबाट रु २५ हजार पुरस्कार पाउने भएको छ । भिवाससिसिका अध्यक्ष बाल बहादुर जिसीले गाविस घोषणा सभामा पुरस्कार राशी र प्रमाणपत्रबाट सम्मान गरिने बताउनु भएको छ ।

 


 

गाविसमा पहिलो विद्यालय सेवा क्षेत्र खुल्ला दिसामुक्त बन्न सफल भएकोमा पूर्ण सरसफाइ अभियान, इकार्डस प्रागको तर्फबाट जीवन सुधार प्रा बिलाई रु ४ हजार नगद पुरस्कार उपलब्ध गराईएको छ ।  प्रमुख अतिथिबाट विद्यालयका प्रअ नारायण भाट र वि व्य सका अध्यक्ष नित बहादुर बिसीलाई नगद पुरस्कार हस्तान्तरण गरिएको थियो ।

 

Binu Dawadi Adhikary in Arghakhanchi contributed to this report.

 

अन्य तस्बिरहरुमा:

 








अन्य समाचारहरु