किमडाँडा लगायत ।
– बिनोद गैरे
बैशाख ०४ बिहीवार, किमडाँडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको किमडाँडामा हिजो बुधवार राती एक बच्चालाई चितुवाले खाएको छ ।
किमडाँडा गाविस वडा नं. १ मरासिनी टोलका दुई बर्षिय सौगात मरासिनी साँझ करीव आठ बजे चितुवाले घर आँगनबाट लगेको थियो ।
आमा शान्ता मरासिनीले बच्चाको हात-खुट्टा धोइ कपडा लिन भित्र गएको र भित्रबाट बाहिर निस्कँदा बच्चा नदेखेपछि स्थानीयलाई खवर गरेकी थिइन् । घटना भइसकेपछि रातभर नै नेपाल प्रहरी र स्थानीयवासीले जंगलमा रातभरी खोजी गरेका थिए ।
विहान ८ बजेमात्र किमडाँडा १ को जंगलमा बच्चाको शरिरका केही टुक्राहरु भेटिएपछि चितुवाले नै खाएको पुष्टी भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।