गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याका आरोपीलाई धरौटीमा रिहा

चितवन, वैशाख ४ । गोरखा फुजेल ७ का कृष्णप्रसाद अधिकारी हत्याका आरोपी दुई जनालाई चितवन जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश जारी गरेको छ । ७२ वर्षीय छविलाल पौडेलको हकमा २० हजार र भीमसेन पौडेलको हकमा २७ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो ।


उनीहरु आज नै धरौटी रकम तिरेर रिहा भएका छन् । अदालतले फरार रहेका ११ जनाको हकमा भने पक्राउ पुर्जी जारी गरेको छ । अधिकारीको हत्या आरोपमा सरकारी वकिल कार्यालयले १३ जना विरुद्ध सर्वस्वसहित जन्मकैदको माग गर्दै मुद्दा दर्ता गरेको थियो ।


यसअघि, चितवनमा आज पनि एकीकृत माओवादी र नेकपा