पाकिस्तानमा तालिबानद्धारा एक महिने लामो युद्धविराम अन्त्यको घोषणा

वैशाख ४ । पाकिस्तानमा तालिबानले एक महिने लामो युद्धविराम अन्त्यको घोषणा गरेको छ । तहरिक ए तालिवानले सरकारसँग एक महिना अगाडि गरेको युद्धविराम अवधि नबढाउने निर्णय गरेको हो ।
संगठनका प्रवक्ता शाहिद अल्लाह शाहिदले युद्धविराम अगाडि नबढाए पनि शान्तिवार्ता प्रक्रिया भने जारी राख्ने जनाएका छन् । शाहिदले सरकारका तर्फबाट स्पष्ट प्रगति हुने स्थितिमा तालिबानले कुनै पनि सकारात्मक कदम उठाउन तयार रहेको बताएका छन् ।
तालिबानले वार्ता सफल पार्न सरकारले शान्ति क्षेत्र, आफ्ना संगठनका सदस्यहरुको रिहाइ र तालिबान विरुद्धको कारबाही रोक्ने सम्बन्धमा कुनै धारणा अगाडि नबढाएको समेत उल्लेख गरेको छ ।
यता, पाकिस्तानका गृहमन्त्री चौधरी निसार अली खानले तालिबान