प्रधानमन्त्री सुशील कोइरालाद्धारा मुलुक शान्ति र स्थायित्वको बाटोमा अघि बढेको दाबी

झापा, वैशाख ६ । प्रधानमन्त्री सुशील कोइरालाले मुलुक शान्ति र स्थायित्वको बाटोमा अघि बढेको दाबी गरेका छन् । 
झापाको भद्रपुुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री कोइरालाले मुलुक शान्ति र स्थायित्वको बाटोमा अघि बढेको भन्दै संविधान जारी भएपछि विकासको कामले पनि गति लिने बताए ।
उनले सरकारले एक वर्षभित्र संविधान जारी गर्ने गरी काम गरिरहेको समेत बताए ।
प्रधानमन्त्री कोइरालाले आजै जनआन्दोलनका सहिद राजन गिरी तथा सुरज विश्वासको घरमा पुगेर परिवारका सदस्यहरुसँग भेटघाट गरेका थिए । IMAGEKHABAR