एकीकृत माओवादीले फेरि मधेशी र जातीय दलहरुसंग गठबन्धन गरी पहिचानसहितको संघीयताको नाममा मोर्चाबन्दी

काठमाडौं, वैशाख ७ । एकीकृत माओवादीले पहिचानसहितको संघीयताको नाममा फेरि मोर्चाबन्दी सुरु गरेको छ । एमाओवादीले मधेशी र जातीय दलहरुसंग गठबन्धन गरी जातीय र क्षेत्रीय पहिचानसहितको संघीयता हुनुपर्ने भन्दै मोर्चाबन्दी सुरु गरेको हो ।


नयां संविधान निर्माणमा जातीय र क्षेत्रीय पहिचानसहितको संघीयताको ग्यारेन्टी गर्न मोर्चाबन्दी आवश्यक भएको एमाओवादीको तर्क छ । एमाओवादी अध्यक्ष प्रचण्डले हिजो आफ्नो निवास लाजिम्पाटमा मधेशी दल र जातीय दलका नेताहरुलाई दिवाभोजसहितको बैठकमा आमन्त्रण गरी स्थायी गठबन्धन निर्माणको प्रयास गरेका हुन् ।


बैठकमा संविधान निर्माणको चरण पूरा नभएसम्म मोर्चाबन्दी गरेर जाने सैद्धान्तिक सहमति भएको छ । बैठकमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, तराई मधेश लोकतान्त्रिक पार्टी, मधेशी जनअधिकार फोरम नेपाल, सद्भावना पार्टी, संघीय समाजबादी पार्टीका शीर्ष नेताको सहभागिता थियो ।


हालैको संविधानसभा चुनावमा एकल जातीय पहिचान र एक मधेश प्रदेशको नारा उचाल्नेहरुलाई जनताले नरुचाएपछि खुम्चिएका दलहरु फेरि नयां समीकरण निर्माणमा जुटेका हुन् । IMAGEKHABAR