नुवाकोट च्यूरामाटीमा वार्षिक नतिजा प्रकासन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

विनोद गैरे

 

च्यूरामाटी, अर्घाखाँची (२०७१ वैशाख ७, आइतवार) ।  अर्घाखाँची जिल्लाको नुवाकोट गा.वि.स. वार्ड नं.४ च्यूरामाटी स्थित श्री यशोधरा निम्न माध्यमिक विद्यालयले आफ्नो शैक्षिक सत्र २०७० सालको परिक्षाको नतिजा एक कार्यक्रमका विच प्रकासन गरेको छ ।

 


 

श्रोत व्यक्ति चेत नारायण बेल्वासेको प्रमुख आथित्यता र समाजसेवी गोपाल प्रसाद गैरेको विषेश उपस्थिमा सम्पन्न कार्यक्रममा कक्षा १ देखि ७ सम्म प्रथम, द्वितिय, तृतिय र सान्तोना स्थान प्रप्त गर्ने छात्रा तथा छात्रहरुलाई विद्यालयका प्र.अ. वावुराम खनालले नतिजा प्रकाशन गर्दै पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको थियो । यसै विच २०७० सालमा समाजसेवी तथा वुद्धिजिवि गोपाल प्रसाद गैरेले स्वर्गीय पिता भिमलाल गैरे तथा माता टोपकला गैरेको नाममा जेहेन्दार विद्यार्थीहरुलाई पुस्कृत गर्ने उद्देश्यले स्थापना गर्नुभएको अक्षकोषको प्रशंसा गर्दै समाजसेवी गैरेलाई अभिनन्दन गरिएको थियो ।

 

कोषको अध्यक्ष तथा प्रमुख संरक्षक समेत रहनुभएका गैरेले कक्षा १ देखि ७ सम्मका उत्कृष्ट मध्येका कक्षा ३ की छात्रा कुसुम गैरे र कक्षा ६ का छात्र नविन पौडेललाई उक्त कोषको व्याज वाट प्राप्त रकम नगदमा तथा प्रमाण पत्र हस्तान्तरण गर्दै आफु वसाईसराई गरी बुटबलमा रहेता पनि आफ्नो सम्पूर्ण आत्मा यहि जन्मभुमिमा रहेकोले आफुले विद्यालयको हितमा तथा अन्य समाज सेवामा आफ्नो दिलो ज्यानले भ्याएसम्म अझ धेरै आर्थिक, नैतिक तथा भैतिक सहयोग गर्ने प्रतिवद्धता जायर गर्नु भएको थियो ।

 

 

 

कार्यक्रममा स्थानिय समाजसेवी चेतनारायण गैरे, डिल्लीराज गैरे , कल्पना भुसाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक चन्द्र प्रसाद गैरले गर्नुभएको थियो भने उपस्थित सम्पूर्णलाई स्वागत शेषकान्त गैरे (भिमलाल) ले गर्नुभएको थियो ।

अन्य समाचारहरु