एकिकृत माओबादी अर्घाखाँचीको तेस्रो जिल्ला अधिवेशन, रायमाझीद्धारा स्थानीय चुनाव र संबिधान निर्माण दुबै काम एक बर्षमा हुन नसक्ने उल्लेख

प्रेमनारायण आचार्य



सन्धिखर्क, अर्घाखाँची ८ बैसाख ।    एकिकृत नेकपा माओबादीका नेता टोपबहादुर रायमाझीले स्थानीय निकायको निर्बाचन र संबिधान निर्माण दुबै काम एक बर्षमा हुन नसक्ने बताउनु भएको छ । 

 



 

उहाले सहमति सहकार्य बाटै देसमा निकास दिन सकिने भएकाले स्थानीय निकायको निर्बाचनलाइ भन्दा पनि संबिधान निर्माणलाइ पहिलो प्राथमिकता दिनुु पर्ने बताउनु भयो । 



   एकिकृत नेकपा माओबादी अर्घाखाँचीको तेस्रो जिल्ला अबिधेसनको उद्घाटन गर्दै नेता रायमाझिले सरकार एक बर्ष भित्रमा संबिधान निर्माण गर्नमा केन्द्रित हुन नसकेको आरोप पनि लगाउनु भयो । 

 



 

उहाले नेपालको शान्ती प्रकृया बिथोल्नका लागि बिदेशीहरुले डलरको खेती गरेको हुदा सबै नेपाली जनता सजग हुनु पर्नेमा जोड दिनु भयो । 



  उद्घाटन समारोहमा एकिकृत नेकपा माओबादीका नेता लोकेन्द्र बिष्ट मगर, डिलाराम आचार्य, राजु नेपाली लगायतका नेताहरुले मन्तब्य राखेका थिए । 


अन्य समाचारहरु