काठमाडौं, वैशाख ७ । एमाले अध्यक्ष झलनाथ खनालले ग्रीनकार्ड होल्डर सरकारी कर्मचारीमाथि सामान्य प्रशासन मन्त्रालयले चलाउन लागेको कारबाहीमा पार्टीको पुरै समर्थन रहेको बताएका छन् । मन विदेशमा र शरीर नेपालमा राखेर काम गर्ने कर्मचारीहरु राष्ट्रसेवक हुनै नसक्ने भन्दै खनालले सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको अभियानमा आफू र सिँगो एमाले पार्टीको समर्थन रहेको बताए ।
राजधानीमा आज नेपाल निजामती कर्मचारी संगठनको रजत महोत्सवको उद्घाटन गर्दै खनालले नयाँ संविधानलाई निजामती कर्मचारीमैत्री बनाउन आफूहरु लागिपरेको बताए ।
कार्यक्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आगामी माघ ८ गतेसम्म मुलुकले नयाँ संविधान पाउने दाबी गरे ।
कार्यक्रममा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्तव्यच्यूत कर्मचारीहरु राष्ट्रसेवक हुनै सक्दैनन भन्दै त्यस्ता कर्मचारीलाई कुनै हालतमा नडोड्ने प्रतिबद्धता जनाए । -IMAGEKHABAR