वैशाख ९ । दक्षिणी सुडानमा भएको जातीय दंगामा सयौंको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । गत साता दक्षिण सुडानको बेन्टियु शहर कब्जा गरी बिद्रोहीले जातीय समूहका सयौं सर्वसाधारणको हत्या गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ । जातीय दंगा भडकिएर स्थििति नियन्त्रण बाहिर गएको राष्ट्रसंघको भनाइ छ ।
सुडानका अधिकारीहरुले सुडान गुहयुद्धको चपेटामा पर्ने सम्भावना बढेको भन्दै बिश्व समुदायको ध्यानाकर्षण गराएका छन् । शहरको मस्जिद,चर्च र अस्पताललाई निशाना बनाई विद्रोहीहरुले सर्वसाधारणको हत्या गरेको बताईएको छ ।
सुडानको नुएर समुदायका बिद्रोही र सरकार समर्थित डिंका समूहबीच भएको जातीय दंगाका कारण दक्षिणी सुडानका लाखौं जनता पलायन भइसकेका छन् । सन् २०१३ को डिसेम्बर देखि जारी जातीय दंगाका कारण दश लाख जनता पलायन भइसकेका छन् । Agencies